Shopping cart

  • Home
  • समाज
  • उदययपुर-१ मा तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीलाई भाेट माग्दै आजपाका उम्मेदवार पौडेल
देश

उदययपुर-१ मा तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीलाई भाेट माग्दै आजपाका उम्मेदवार पौडेल

Email :45

उदयपुर । संघीय प्रतिनिधि सभा सदस्य पदका लागि उदयपुर निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका मनोज कुमार पौडेलले आफ्नो उम्मेदवारी निष्क्रिय राख्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

 

आम जनता पार्टी (आजपा) नेपालको तर्फबाट मोवाइल छाप चुनाव चिन्हमा उम्मेदवारी दिएका पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बदलिँदो राजनीतिक परिस्थितिमा संविधानको रक्षा, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा स्थिर सरकार निर्माण गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउन आवश्यक ठानेको उल्लेख गरेका छन्।

 

उनले देशभर देखिएको लघुवित्त, सहकारी र मिटर ब्याजबाट पीडित नागरिकका मागहरू सडक र सदन दुवैबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ती विषयमा पीडित नागरिकको न्यायका लागि सडक र संसद् दुवैमा सशक्त आवाज उठाउने प्रतिबद्धता तारा चुनाव चिन्हका उम्मेदवार बलदेव चौधरीले व्यक्त गरेको भन्दै आफूले उनलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको जनाएका छन्।

 

पौडेलले आफूलाई माया गरी मतदान गर्न चाहने मतदातालाई तारा चुनाव चिन्हमा मतदान गरी बलदेव चौधरीलाई विजय गराउन हार्दिक अपिल समेत गरेका छन्।

संघीय प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। उदयपुर-१ अन्य उम्मेदवारहरुले पनि तारा चिन्हलाई समर्थन गर्दै भाेट मागिरहेका छन्।

Comments are closed

Related Post