Shopping cart

  • Home
  • समाज
  • उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ
अर्थ

उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ

Email :102

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एकैपटक ६९ कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।

उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो। ९५ वटा कन्सलटेन्सीमा खटिएको प्रहरी टोलीले ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

यी कन्सल्टेन्सीले प्रकृया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजत नलिई शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा, भाषा शिक्षणलगायतका सेवा प्रदान गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।

Comments are closed

Related Post