Shopping cart

  • Home
  • समाज
  • उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला विजयी
देश

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला विजयी

Email :54

काठमाडौं। उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा नेकपा एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का सेवन्तराज निरौला फराकिलो मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन्।

निरौलाले १ हजार १५२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी भेषराज पोखरेलले १९९ र देवीप्रसाद रिजालले १२२ मत पाए।

उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया, सचिवमा राजीव पोखरेल, सहसचिवमा सीमा सुवेदी र कोषाध्यक्षमा दिलकुमार कार्की निर्वाचित भएका छन्। महिला सदस्यमा अनिता पौड्याल (ज्ञवाली)सहित १२ सदस्य पनि विजयी भएका छन्।

Comments are closed

Related Post