Shopping cart

  • Home
  • स्वास्थ्य
  • इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका युवाको मृत्यु
अन्तर्राष्ट्रिय

इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका युवाको मृत्यु

Email :282

तेह्रथुम । इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपाली युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम जिल्ला आठराई गाउँपालिका–६, चुहानडाँडा (हात्तिखर्क) निवासी ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्। वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका तामाङको शुक्रबार बिहान आफ्नै कार्यस्थलमा भएको ड्रोन आक्रमणमा परी निधन भएको हो। यस घटनापछि उनको गाउँ शोकमा डुबेको छ।

नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।

दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ ।

Comments are closed

Related Post