Shopping cart

  • Home
  • समाज
  • इप्पानको २४औं साधारणसभा: मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
अर्थ

इप्पानको २४औं साधारणसभा: मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Email :11

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

शुक्रबार मध्यरातमा सम्पन्न साधारणसभाबाट संस्थाको विधानबमोजिम डाँगी स्वतः अध्यक्ष पदमा चयन भएको निर्वाचन समितिले जनाएको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्।

संस्थाको महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध चयन भएका छन्।

निर्वाचन प्रक्रियामार्फत टुंगाे लगाइएको कोषाध्यक्ष पदमा भने शंकर बस्याल विजयी भएका छन्।

उनले २६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत मात्र प्राप्त गरे। यस्तै खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

Comments are closed

Related Post