Shopping cart

  • Home
  • समाज
  • ‘इतिहासका प्रेरणादायी पक्षलाई आत्मसात् गरे मात्र समृद्ध भविष्य सम्भव’ : राष्ट्रपति पौडेल
मुख्य समाचार

‘इतिहासका प्रेरणादायी पक्षलाई आत्मसात् गरे मात्र समृद्ध भविष्य सम्भव’ : राष्ट्रपति पौडेल

Email :120

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको स्वतन्त्रता, राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन वीर पुर्खाले गरेको त्याग, साहस र बलिदान नै आज नेपालीले गर्वका साथ शिर उँचो पारेर उभिन सक्ने आधार बनेको बताएका छन्।

शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्तीका अवसरमा आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले इतिहासका सकारात्मक र प्रेरणादायी पक्षलाई आत्मसात् गर्न सके मात्र वर्तमानप्रति न्याय गर्दै उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

उनका अनुसार राष्ट्र निर्माणको यात्रामा विगतबाट सिकेका असल मूल्य र आदर्शलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो। वीर पुर्खाले राष्ट्रको अखण्डता, राष्ट्रियता र सार्वभौमसत्ताको रक्षाका लागि दिएको योगदान सदैव सम्मानयोग्य रहने उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले आपसी सद्भाव, सहिष्णुता, मित्रता र एकतालाई थप सुदृढ बनाउँदै राष्ट्रिय एकताको भावना मजबुत बनाउनुपर्नेमा जोड दिए। राष्ट्रप्रेमप्रतिको आस्था र प्रतिबद्धता कुनै पनि परिस्थितिमा कमजोर हुन नहुने भन्दै उनले यही एकताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले भ्रष्टाचार, विकृति र विसङ्गतिलाई अन्त्य गर्दै सुशासनमार्फत विकास निर्माणका कामलाई तीव्रता दिन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार यही प्रयास नै राष्ट्रिय विभूति भीमसेन थापासहित सम्पूर्ण वीर पुर्खाप्रतिको सच्चा सम्मान हुनेछ।

कार्यक्रममा राष्ट्रपति पौडेलले भीमसेन थापालाई राष्ट्रभक्ति, नेतृत्व क्षमता र दृढ अडानका प्रतीकका रूपमा स्मरण गरे। राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको सवालमा उनी कहिल्यै नझुकेको उल्लेख गर्दै उनले अङ्ग्रेजसँगको युद्धमा ठूलो क्षति बेहोर्नुपरे पनि भीमसेन थापाको अटल राष्ट्रभक्तिका कारण नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको बताए।

Comments are closed

Related Post