Shopping cart

  • Home
  • समाज
  • आपसी सद्‌भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान
अन्तर्राष्ट्रिय

आपसी सद्‌भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान

Email :33

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका विभिन्न भागमा देखिएको सामाजिक र धार्मिक सद्भाव बिथोलिने प्रयासप्रति चिन्ता व्यक्त गर्दै नेपालीहरूबीचको एकता र मेलमिलाप नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

सुनसरी जिल्लाका केही गाउँबस्तीमा हालै उत्पन्न आपसी द्वन्द्व र विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्रका अन्य भू-भागमा समेत फैलिएर जनजीवन अशान्त बनेको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बिहीबार जारी गरेको ‘सद्भाव सन्देश’  उल्लेख छ ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत  जारी सद्भाव सन्देशमा पूर्वराजाले नेपालको निर्माणकालदेखि नै यहाँका विभिन्न जातजाति, भाषा र धर्मावलम्बीहरू एकापसमा मिलेर बस्दै आएको स्मरण गराएका छन् । नेपाली समाजको बहुजातीय र बहुभाषिक विशिष्टताका साथै आ-आफ्नो धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराले नै विश्वमा नेपालको सम्मान रहेको उनको भनाइ छ। यो विशिष्ट गौरव र गरिमालाई कसैबाट पनि खलल पुर्‍याउने काम हुन नहुनेमा उनले जोड दिएका छन् ।

उनले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 759688503_1698874164500634_6825970067482914522_n ।

Comments are closed

Related Post