काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समिति बैठकले अस्वीकार गरेको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजएको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मासामू राजीनामा बुझाएका थिए।
तर, शुक्रबार र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको हो। उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेकोमा उक्त प्रस्ताव अस्वीकार भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।














Comments are closed