Shopping cart

  • Home
  • समाज
  • आज समाज सुधार दिवस विविध कार्यक्रम गरि संसारभर मनाइँदै
अन्तर्राष्ट्रिय

आज समाज सुधार दिवस विविध कार्यक्रम गरि संसारभर मनाइँदै

Email :62

पाँचथर । संसारभरका किरात धर्मावलम्बीले आज बैशाक २४ गते  विविध कार्यक्रमको आयोजना गरि  किरात समाज सुधार दिवस मनाउँदैछन् ।

विसं १९८८ वैशाक २४ गते पाँचथरको लब्रेकुटीमा किरात धर्म दर्शनदाता मुहिङगुम अङसीमाङ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको सक्रियतामा तत्कालीन १० लिम्बुवान १७ थुमको तुत्तु तुम्याहाङको विराट भेलाले किरात समाजमा व्यव्त कुरिति कुसंस्कार हटाई सुसस्कृत समाज निर्माणका लागि १० बुँदामा  ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो ।

त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते संसारभरका किरात धर्मावलम्बीले नेपालको विभिन्न जिल्लाहरु काठमाडौ , ललितपुर , ताप्लेजुङ ,पाँचथर , धनकुटा , इलाम , झापा, मोरङ, सुनसरी लगायत विदेशमा हंककङ , अमेरिका, अष्ट्रेलिया लगायत   किरात धर्मावलम्बीले समाज सुधार दिवसको रूपमा मनाउने गर्दछन ।
किराँत समुदायमा सुधारको घोषणा गर्नुहुने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

 

Comments are closed

Related Post