Shopping cart

देश

आज र भोलि २३ जिल्लामा बाढीको उच्च जोखिम

Email :22

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

वर्षाका कारण २३ बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार दुई दिन पाँचथर, इलाम, झापाा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।

प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ ।

Comments are closed

Related Post