Shopping cart

  • Home
  • स्वास्थ्य
  • आज मोही दिवस मनाउँदै-‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’
अर्थ

आज मोही दिवस मनाउँदै-‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’

Email :45

काठमाडौं । नेपाल डेरी एसोसिएसनले ‘मोहीको विश्वास, स्वास्थ्यको विकास : घरघरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने नारासहित मोही प्रवर्द्धन अभियानलाई थप विस्तार गर्ने भएको छ ।

नेपाली मौलिक परम्परा र स्वास्थ्यसँग जोडिएको मोहीलाई केवल पेय पदार्थ मात्र नभई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न अभियान सञ्चालन गरिएको जनाएको छ । स्वदेशी दुग्धजन्य पदार्थको उपभोग बढाउँदै विदेशी पेय पदार्थको विकल्पका रूपमा मोहीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको संघले स्पष्ट पारेको छ ।

संघका अनुसार पछिल्ला वर्षहरूमा विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानहरूमा निःशुल्क मोही वितरण तथा दरबारमार्ग क्षेत्रमा ५८ हप्ताभन्दा बढी निरन्तर मोही पिलाउने अभियान सञ्चालन गरिएको थियो । यसले जनमानसमा मोहीप्रतिको धारणा सकारात्मक बन्ने र यसको उपभोग बढ्ने वातावरण सिर्जना गरेको बताइएको छ ।

यस वर्ष चैत २८ गते ‘दोस्रो राष्ट्रिय मोही दिवस’ मनाउने तयारी गरिएको छ । सो अवसरमा नियमित मोही सेवनलाई स्वस्थ र फुर्तिलो जीवनसँग जोड्दै अभियानलाई अझ व्यापक बनाइने संघले जनाएको छ । ‘राष्ट्रिय मोही दिवस’ का अवसरमा चैत २८ गते, बिहान १०:४५ बजे ललितपुरको सातदोबाटोस्थित महानगरीय ट्राफिक कार्यालयलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निःशुल्क मोही वितरण गरिने छ ।

त्यस्तै, सोही दिन दिउँसो २:३० बजे ललितपुरको शंखमूलस्थित संघको कार्यालयमा प्रेस मिट कार्यक्रम आयोजना गरिने छ । संघले मोहीको प्रवर्द्धनमार्फत स्वदेशी उत्पादनको प्रयोग बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउन सबै सरोकारवालासँग सहकार्यको अपिल गरेको छ ।

Comments are closed

Related Post