Shopping cart

  • Home
  • समाज
  • आज चैत्र कृष्ण चतुर्दशी: पाहाँचह्रे मनाइँदै
देश

आज चैत्र कृष्ण चतुर्दशी: पाहाँचह्रे मनाइँदै

Email :63

काठमडौँ  । काठमडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज मनाईदै छ ।

यसलाई पासाचह्रे पनि भन्दछन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी। चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ। यस दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ। चैत्र कृष्ण पक्षको चर्तुदशीलाई पाहाँचःह्रे भनेर रमाईलोका साथ मनाउने परम्परागत चलन छ ।

यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ। आजका दिन गणेश, भैरव, भगवती र अष्ट मातृकाको विशेष पूजा गर्ने र खट निकाल्ने चलन पनि छ । विभिन्न टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा बली दिएर चाड मनाउने चलन छ । नक्साल भगवती, तख्ति अजिमा, लुँचुभुलू अजिमा, न्ह्याय्कंतला अजिमा, कंगः अजिमा, न्यतमरु अजिमा, वटु र टेत्रबहाःका लुँमधि अजिमा, चार ढुङ्गेका नरसिंहको खट जात्रा गरिन्छ । यसरी विभिन्न टोलमा विभिन्न देवताहरूको जात्रा गर्दा बाजा बजाउँदै, गीत गाउँदै देवताका खट बोकेर घुमाउने गरिन्छ ।

आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य) को विशेष पुजा आराधना गरी मनाइन्छ। भूत, प्रेत या पिशाचलाई महादेवका गणहरू मानिन्छ। आज भन्दा आठ दिन अगाडी अर्थात् चैत्र कृष्ण अष्टमीको दिन सानो शिव लिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याँक्ने ठाउँमा सफा गरेर राख्ने गरिन्छ। फोहोर ठाउँमा जे भेट्यो त्यही खाएर बसेको यो महादेवको पिशाच रूप हो। आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफा गरी पंहेलो रायो, लसुनको बोट,जाड र भोजका अन्य परिकारहरू चढाएर पूजा गरिन्छ। यो चाडमा यही पिशाच रुपी महादेवको पूजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो।

चैत्र कृष्ण चतुर्दशी: पाहाँचह्रे को सबैमा शुभ कामना।

Comments are closed

Related Post