Shopping cart

  • Home
  • समाज
  • आज कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
देश

आज कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

Email :53

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल गर्ने बुझिएको छ ।

केन्द्रीय अनुशासन समितिका सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि सूचनामार्फ अनुरोध गरिएको छ ।

शनिबार कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि कांग्रेसले त्यसलाई गम्भीर रुपमा लिएको जनाएको थियो । विशेष महाधिवेशनबाट कांग्रेस सभापति गगन थापा चुनिएको र त्यसलाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको अवस्थामा देउवा समूहका खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेपछि उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भएको थियो ।

मंगलबार त खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । शेखर कोइराला र शशांक कोइरालालाई दायाँवायाँ राखेर कार्यक्रम गरेपछि कांग्रेस रुष्ट छ । खड्काले चैत १९ गते जिल्ला सभापतिको भेला समेत बोलाएका छन् ।

Comments are closed

Related Post