Shopping cart

  • Home
  • समाज
  • अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकप उपाधि
अन्तर्राष्ट्रिय

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकप उपाधि

Email :31

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले आफ्नो नाममा लेखाएको छ। रोमाञ्चक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च उपाधि जित्न सफल भएको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।

अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सम्पन्न फाइनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। दुवै टोलीले बल नियन्त्रण र अवसर सिर्जनामा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि पहिलो गोलका लागि अतिरिक्त समय कुर्नुपरेको थियो।

स्पेनका फेर्रान टोरेजले खेलको १०६औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन र स्पेन १–० को जितसहित विश्वकप च्याम्पियन बन्यो।

अर्जेन्टिनालाई खेलको उत्तरार्धमा ठूलो धक्का लागेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो। संख्यात्मक अग्रताको फाइदा उठाउँदै स्पेनले निर्णायक गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।

फाइनल पुग्ने क्रममा अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ ले हराएको थियो भने स्पेनले फ्रान्समाथि २–० को प्रभावशाली जित निकाल्दै उपाधि भिडन्त तय गरेको थियो।

यस जितसँगै स्पेनले विश्वकप इतिहासमा दोस्रो पटक उपाधि उचाल्दै १६ वर्षअघिको गौरव दोहोर्याएको छ भने अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना फाइनलमै टुंगिएको छ।

Comments are closed

Related Post