Shopping cart

  • Home
  • राजनिती
  • “अब अवस्था बदल्ने समय” – नेकपाले माग्यो जनसमर्थन
देश

“अब अवस्था बदल्ने समय” – नेकपाले माग्यो जनसमर्थन

Email :69

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी ले तारा चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेको छ।

पार्टीले सार्वजनिक गरेको चुनावी अपिलमा राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा स्थिर सरकार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।

हालको निर्वाचन प्रणाली खर्चिलो र अस्थिरता जन्माउने खालको भएको भन्दै यसमा सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव पनि अघि सारिएको छ।

पार्टीले कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रमा उत्पादन वृद्धि गर्दै रोजगारी सिर्जना गर्ने तथा आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको जनाएको छ।

सामाजिक विभेद अन्त्य, सुशासन प्रवर्द्धन र “नेपाली विशेषताको वैज्ञानिक समाजवाद” को आधार निर्माण आफ्नो दीर्घकालीन उद्देश्य भएको पार्टीको भनाइ छ।

पार्टीले मतदातासँग आग्रह गर्दै व्यवस्था परिवर्तनपछि अब देशको अवस्था परिवर्तन गर्ने जिम्मा दिन तारा चिन्हमा मतदान गर्न आह्वान गरेको छ।

Comments are closed

Related Post