काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई पुरस्कृत गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरी मुलुकभरका उत्कृष्ट सहकारी संघ संस्थालाई सम्मान तथा पुरस्कृत गरेको हो ।
सो अवसरमा राष्ट्रिय सहकारी पुरस्कार २०८२ बाट पुरस्कृत नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे र उत्कृष्ट सहकारी पुरस्कार २०८२ बाट मुलुकभरका जिल्ला संघहरु मध्येबाट जिल्ला सहकारी संघ लि।, झापा रहेको छ । महासंघले सातै प्रदेशबाट एक एक उत्कृष्ट प्रारम्भिक सहकारी संस्थाहरुलाई समेत पुरस्कृत गरेको थियो । उत्कृष्ट सहकारी व्यवस्था पुरस्कारबाट पुरस्कृत हुनेमा कोशी प्रदेशबाट मेचीनगर साकोस, मेचीनगर, झापा, मधेस प्रदेशबाट महिला केन्द्र बहुउद्देश्यीय सहकारी संस्था लि। बर्दिबास–१, हेटौडा–१३, मकवानपुर, गण्डकी प्रदेशबाट मध्य नेपाल साकोस ,देवचुली–१४, प्रगतिनगर, नवलपरासी, लुम्बिनी प्रदेशबाट अष्टम साना किसान कृषि सहकारी संस्था लि।, राप्तीसोनारी–८, बाँके, कणाली प्रदेशबाट वीरेन्द्रनगर साकोस, वीरेन्द्रनगर–६,सुर्खेत र सुदूरपश्चिम प्रदेशबाट जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि।, वुढीगंगा ५, सहकारी मार्ग, वाजुरा रहेका छन् ।
त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०८२ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ बुटवल रुपन्देहीकी व्यवस्थापक सर्मिला गौतम भट्टराई र सहकारी पत्रकारिता पुरस्कार २०८२ बाट सुनौलो नेपाल डटकमका प्रदेश व्युरो प्रमुख चीना थापा पुरस्कृत भएकी छन्। पुरस्कृत हुने संघसंस्था तथा व्यक्तिलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष केशव बडालले सहकारी मुल्य, मान्यता र सिद्धान्त विपरित सरकारले कदम चाले त्यसको प्रतिकार गर्ने बताए । सहकारी दर्शन, सिद्धान्त र मूल्य विपरित सरकार र अभियात्ताहरुले काम गर्न नमिल्नेमा उनले जोड दिए । उनले सहकारीले वुहआयामीक गरिबी घटाउनमा महत्वपूर्ण योगदान खेलेको बताए । सहकारीका स्वयत्तता र स्वतन्त्रतालाई कमजोर बनाउने कुनै काम राज्यले समेत गर्न नहुने उनको भनाई छ । सरकार र अभियान हातेमालो गरेर समस्या समाधान गर्दै सहकारी मार्फत् मुलुकलाई समृद्धतर्फ लैजान बडालले जोड दिए । ऐन कानुृन निर्माण गर्दा अभियानसँग प्रयाप्त छलफल गरेर मात्र गर्न उनले सुझाए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले मुलुकको एक तिहाई जनसंख्या सहकारी आवद्ध रहेको र पुँजी निर्माण, रोजगारी सृजना तथा आय आर्जनको क्षेत्रमा सहकारीलले महत्वपूर्ण भूमिका खोलेको बताए । उनले सहकारीले समाज रुपान्तरणमा उल्लेख भूमिका खेले पनि केही सहकारी संस्थामा आएको वित्तीय समस्याले यो क्षेत्रप्रति अविश्वास बढेको धारणा राखे । सहकारीले समाजमा चेतनाको स्तर,महिला सहभागिता, समावेशी समाज निर्माण , गुणस्तरिय शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत काम गरेको चर्चा गर्दै केही सहकारीका कारण शिर झुकाएर हिड्नु परेको जनाए ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका सल्लाहकार लिलामणी पोख्रेल, योजना आयोगका पूर्व सदस्य तथा महासंघका सल्लाहकार डा। उषा झा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष डिल्लीराज आचार्य र महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेल शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले सहकारीले सामाजिक आर्थिक रुपान्तरणमा योगदान गरेको चर्चा गर्दै सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड दिए ।
विश्व शान्तिका लागि सहकारी भन्ने यस बर्षको नाराका विषयमा प्रमुख वक्ताको रुपमा सहकारी विभागका रजिष्ट्रार बाबुराम गौतमले आफ्नो धारणा राखेका थिए । सहकारीले समाज रहेको अभाव, गरिबी ,असमान्ता र विभेदको अन्त्यबाट शान्ति स्थापना गर्न सक्ने उनले बताए । सहकारी मूल्य, मान्यता र दर्शनमा सञ्चालन हुन सके मात्र सहकारीले मानविय भावनाको विकास गर्दै समाज रुपान्तरण गर्न सक्ने उनको बुझाई छ । पछिल्लो समय वित्तीय अपचलनका कारण सहकारी क्षेत्र अशान्त रहेको भन्दै उनले त्यसतर्फ अभियानको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । सहकारी मार्फत् सामुहिक हित र लाभ खोज्ने भन्दा पनि सीमित व्यक्तिको लाभ खोज्दा अहिलेको अवस्था आएको उनको तर्क छ । वित्तीय पारदर्शिताले सदस्यको बचत सुरक्षित हुने र सदस्यले पनि संस्थाप्रति विश्वास गर्ने उनको भनाई छ । सहकारीको सिद्धान्तबाट विमूख नभई समाज रुपान्तरण र सदस्यको समृद्धमा लाग्नु पर्ने आजको आवश्यकताप्रति उनको जोड छ ।
महासंघका कार्यवहाक अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश पोखरेलले महासंघको सदस्यता प्राप्त गरेपश्चात विश्व सहकारी अभियानमा ऐक्यवद्धता जनाउँदै प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आइरहेको बताए । पुरस्कृत हुने सहकारी संघ संस्था तथा व्यक्तित्वहरुलाई वधाई ज्ञापन गर्दै यस प्रकारको सम्मानले अन्य सहकारी संघसंस्था तथा व्यक्तिहरूलाई पनि प्रेरणा र हौँसला मिल्ने विश्वार व्यक्त गरे ।














Comments are closed