Shopping cart

  • Home
  • समाज
  • कांग्रेस विशेष महाधिवेशन: ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी
देश

कांग्रेस विशेष महाधिवेशन: ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी

Email :91

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलीदेखि सुरु हुने विशेष महाधिवेशनमा आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी महाधिवेशन आयोजक समितिले गरेको छ।

सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा भोलिदेखि विशेष महाधिवेशन सुरू हुँदै छ ।

 

विशेष महाधिवेशन पुस २७ र २८ गते चल्नेछ। भोलि विभिन्न क्षेत्रबाट निस्केको र्‍याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् ।

 

महाधिवेशन प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्। भृकृटीमण्डपमा शनिबार भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको हो।

 

विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४।५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ।

Comments are closed

Related Post