Shopping cart

  • Home
  • स्वास्थ्य
  • हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ: डा.रोकाया
अर्थ

हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ: डा.रोकाया

Email :98

शिक्षा,अनुसन्धान र नीति निर्माणको अनुभव बोकेर संसद् पुग्ने कसरथमा हुम्लाका डा. रोकाया

सिम्कोट । नेपाली कम्युनिष्ट पार्टी हुम्लाका उम्मेदवार डा. दीपेन्द्र रोकायाले आफ्ना मतदाताको घरआँगनमा पुुगेर भोट माग्न व्यस्त छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा.दीपेन्द्र रोकायाले आफ्नो उम्मेदवारी संविधानको रक्षा गर्न, संघीयताको सवलीकरण गर्न, दिगो विकासको ढोका खोल्न र हुम्लावासीको सम्मान स्थापित गर्न भएको बताउनुभयो। उहाँले सिमकोटको ऐतिहासिकता र गर्नपर्ने विकासबारे पनि आफ्ना धारणा राख्नुभयो। चौपारीमा एक छाब्री चिउलाको सगुन खाएपछि सिमकोटको तल्लो गाउँका सबै घरमा पुगेर उम्मेदवार रोकायाले मत माग्नुभयो।


‘हुम्लालाई मूलधारको राजनीतिसँग जोड्दै यहाँका भौगोलिक, सामाजिक, आर्थिक समस्या समाधानका लागि मेरो पहल हुनेछ,’ उहाँले आफ्ना प्रतिवध्दतामा भन्नुुभएको छ । , ‘भावनात्मक राजनीति होइन, परिणाम देखिनेगरि काम गर्न नेकपालाई विजयी गराउन जरुरी छ ।’ रोकायाको भनाई हो यो ।  उहाँ जहाँ जानुहुन्छ सबैलाई भेट्नुहुन्छ। वाल, वृद्ध र युवालाई नछुट्याई नमस्कार गर्नुहुन्छ सुख दुख बाँड्नुहुन्छ । आफ्नो परिचय दिनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीको नाम भन्नुहुन्छ । चुनाव चिन्ह तारा देखाउनुहुन्छ र जनताको सेवा गर्ने अवसर दिनुहोस् भन्नुहुन्छ । फरक शैली फरक पहिचान र फरक व्यवहारकै कारण उहाँप्रतिको हेर्ने दृष्टिकोण सकारात्मक भएको नेकपाका केन्द्रिय सदस्य हस्तबहादुर शाही बताउनुहुन्छ ।

उहाँको सरलता भेटघाटमा देखिन्छ । जहाँ जहाँ बोल्नुहुन्छ, इमान्दारिता, प्रतिबद्धता र संकल्प देखिन्छ शाही भन्नुहुन्छ । आफ्नो ६१ बुँदे प्रतिबद्धता पत्र पढेर सुनाएका रोकायाको “यो नीतिगत कामले हुम्लाको अधिकार, विकास र सम्मान गराउने छ । साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको खाका कोरिने छ ।”

डा. रोकायाको चुनावी अभियानको कमाण्डर बनेर निवर्तमान सांसद छिरिङ डम्डुल लामा “कार्चेन” गाउँ गाउँमा पुुगेको छ । चौपारीमा उपस्थित भएका सिमकोटवासीलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्ग शाहीले हामीले खोजेको र जनताले रोजेका उम्मेदवार ल्याएको बताउँदा स्थानीय उत्साहीत भएका थिए ।

डा. रोकाया नेकपाको केन्द्रीय सदस्य हुनु हुन्छ । रोकाया यसअघि नेकपा माओवादी हुम्लाका जिल्ला संयोजक हुनु हुन्थ्यो भने कर्णाली प्रदेश योजना आयोगको पूर्व सदस्य समेत रहिसक्नु भएको छ ।

 

उहाँ प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुहार हुनु हुन्छ । २०३५ सालमा हुम्ला जिल्लाको एक सामान्य परिवारमा जन्मिएका डा. दीपेन्द्र रोकाया शिक्षा, अनुसन्धान तथा नीति निर्माणको क्षेत्रमा परिचित नाम हो । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट राजनीतिशास्त्र विषयमा पीएचडी गरेका रोकाया नीति, योजना तथा अनुसन्धानको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । उहाँले सुर्खेत गाउँपालिका र अदानचुली गाउँपालिकाका लागि स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी अध्ययनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । २०७० सालमा कर्णाली प्रदेशसभाको नियमावलीसम्बन्धी वकालत तथा नीतिगत अध्ययनमा उनी संलग्न रहनुभयो ।

त्यसैगरी २०७२ सालसम्म ‘कर्णाली उपेक्षा र विकास’ विषयक अध्ययनमा अर्थशास्त्रीहरूसँग संयुक्त रूपमा अनुसन्धान गरेका डा। रोकायाले नाम्खा गाउँपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च रूपरेखा निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभयो । २०७५ सालदेखि २०७९ सालसम्म डा. रोकाया कर्णाली प्रदेश सरकारको पहिलो पाँच वर्षे आवधिक योजना निर्माण प्रक्रियामा संलग्न रहनुभयो ।

२०७५ सालमै उहाँले कर्णाली प्रदेशको जाति, भाषा तथा सांस्कृतिक अवस्थासम्बन्धी अध्ययन गरेका थिए। सोही वर्ष हिमाली जिल्लामा आवासीय विद्यालय सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन पनि सम्पन्न गर्नुभएको छ ।

यसअघि २०७४ सालमा बाजुरा, कालिकोट र जाजरकोटलगायत जिल्लामा नेपाल बजार विश्लेषण अध्ययनमा सहभागी हुनभएका डा. रोकायाले कर्णाली प्रदेशमा सुरक्षित एकीकृत बस्ती विकाससम्बन्धी अध्ययन पनि गुर्नुभएको छ । साथै, सोही वर्ष स्याङ्जा, गुल्मी र अर्घाखाँची जिल्लामा सञ्चालन भएका तालिमहरूको प्रभाव मूल्याङ्कन अध्ययनमा पनि उनी संलग्न रहनुभएको थियो । पीएचडी अनुसन्धान २०६९ सालमा वैदेशिक सहायताले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा पारेको प्रभावु विषयमा केन्द्रित थियो।

यसका अतिरिक्त २०६८ सालमा रुकुम र रोल्पा जिल्लामा युद्ध पर्यटनको सम्भाव्यता अध्ययन तथा २०५८ सालमा गोदावरी क्षेत्रमा पारिस्थितिक पर्यटनको प्रभावसम्बन्धी अध्ययन सबै कार्यका कारण डा. रोकाया अनुसन्धान र विकास क्षेत्रका अनुभवी विज्ञका रूपमा चिनिनुहुन्छ । जिल्लाको ऐतिहासिकता, निरन्तरता, संघर्ष, जनआधार, अनुभव र विज्ञताका आधारमा डा. रोकाया सबैभन्दा उपयुक्त भएको स्थानीयहरु बताउँछन् । रोकायाको संसद्मा प्रवेशसँगै त्यस भेगको केन्द्रसँगको सम्पर्क सुत्र स्थापित हुने मात्र नभएर विकासको मार्गचित्रको खाका तयार हुनेमा स्थानीयहरु आशाबादी देखिन्छन् ।

Comments are closed

Related Post