Email :45
काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण (बुधबार बिहान २ बजे) अनुसार हालसम्म कुल १ करोड ७ लाख २० हजार ५६७ मत गणना भइसकेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख २९ हजार ६१९ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १७ लाख ४५ हजार ९७४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एमाले १४ लाख ४७ हजार ६६४ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा छ।
त्यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको छ ।












Comments are closed