Shopping cart

  • Home
  • समाज
  • स्व. मनु दुलाल स्मृति अक्षयकोषबाट तीन जनालाई सहयोग,
अन्तर्राष्ट्रिय

स्व. मनु दुलाल स्मृति अक्षयकोषबाट तीन जनालाई सहयोग,

Email :301

फिदिम । अमेरिकामा निधन भएकी पाँचथर फिदिम १३ कि स्व. मनु दुलालको स्मृतिमा उनका श्रीमान् नरेश प्रसाईंले स्थापना गर्नुभएको ‘मनु दुलाल स्मृति अक्षयकोष’बाट प्राप्त ब्याज रकमबाट तीन जनालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
सिभिल (हिमालयन) बैंकमा राखिएको रु. २ लाखको अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट फालेलुङ गाउँपालिका–३ की अपांगता भएकी साक्षी राईलाई रु. ६ हजार, स्व. मनु दुलालले अध्ययन गरेको सिद्धेश्वर माध्यमिक विद्यालयकी छात्रा रेस्मि नेम्वाङलाई रु. ६ हजार र फिदिम नगरपालिका–२ की बाबुआमा विहीन सपना सार्कीलाई रु. ५ हजार गरी जम्मा रु. १७ हजार नगद सहयोग गरिएको हो।
२०८३ साल साउन २९ गते जनसेवा समाज पाँचथरको कार्यालयमा आयोजित कार्यक्रममा फिदिम नगरपालिका–१३ का वडाध्यक्ष दिलकुमार नेम्वाङको प्रमुख आतिथ्यतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावती, उद्योग वाणिज्य संघ पाँचथरका महासचिव चन्द्रप्रसाद काफ्ले, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी र जनसेवा समाज पाँचथर परिवारको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्व. मनु दुलालको सामाजिक भावना र स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले उनका श्रीमान् तथा अक्षयकोषका प्रमुख संरक्षक नरेश प्रसाईं (नन्दकिशोर) ले गर्नुभएको पहलको प्रशंसा गरिएको थियो। सहभागीहरूले स्व. मनु दुलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए।
शिक्षामा प्रोत्साहनका लागि थप एक लाखको अक्षयकोष

यसैबीच अक्षयकोषका प्रमुख संरक्षक नरेश प्रसाईंले रु. १ लाख बराबरको थप फिक्स्ड डिपोजिट स्थापना गर्ने निर्णयसमेत गर्नुभएको छ।
उक्त रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट फिदिम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रामध्ये उत्कृष्ट अंक ल्याई प्रथम हुने छात्रालाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जनसेवा समाजका अध्यक्ष  राजेन्द्र अधिकारीले जनाएका छन् ।
अमेरिकामा जीवन गुमाएकी श्रीमती मनु दुलालको सम्झनालाई केवल स्मृतिमा सीमित नराखी शिक्षा, सामाजिक सहयोग र सेवामार्फत समाजमा निरन्तर जीवित राख्ने नरेश प्रसाईंको पहलले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
अक्षयकोषमार्फत प्राप्त हुने ब्याजबाट आवश्यकतामा परेका व्यक्तिलाई सहयोग तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिइने जनाइएको छ।

Comments are closed

Related Post