Email :35
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले मुद्दालाई पुनः प्रारम्भिक चरणबाटै सुनुवाइ गर्ने भएको छ।
विशेष महाधिवेशनको विषयमा सर्वोच्चबाट यसअघि भएको फैसलाप्रति असन्तुष्ट कांग्रेस समूहले पुनरावलोकनको माग गर्दै दिएको निवेदनमाथि अदालतले सुनुवाइ अघि बढाउन अनुमति (निस्सा) दिएको हो।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले पुनरावलोकनका लागि निस्सा दिने आदेश गरेको छ।
यस आदेशसँगै विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतको अघिल्लो निर्णय पुनः परीक्षण हुने भएको छ। अब मुद्दाको सुनुवाइ प्रारम्भिक चरणदेखि नै कानुनी प्रक्रियाअनुसार अघि बढ्नेछ।














Comments are closed