Shopping cart

  • Home
  • समाज
  • समावेशी समाजवादी पार्टीले अघि सार्यो ६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई चुनावी मैदानमा
देश

समावेशी समाजवादी पार्टीले अघि सार्यो ६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई चुनावी मैदानमा

Email :253

काठमाडौं । समावेशी समाजवादी पार्टीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ६ जना उम्मेद्वारहरु अघि सारेको छ ।

आज समावेशी समाजवादी पार्टीले काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारको परिचय गरेको छ ।
मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन गरी निर्वाचनमा उम्मेदवार दर्ता गराएका हुन् ।


पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार छन् । जन अन्तर्गत मोरङ  ४ बाट पार्टी अध्यक्ष समेत रहेकी नुमा लिम्बू (चञ्चला) , काठमाडौं  १ बाट सुरेन्द्र पाण्डे, ओखलढुंगा बाट पिंकी राई, रुपन्देही २ बाट देवेन्द्रबहादुर खत्री, काठमाडौं  १० बाट पूर्णचन्द्र पौडेल तथा काभ्रेपलाञ्चोक १ बाट विनोद लामा उम्मेदवार रहेको पार्टीले जनाएको छ ।

यसै पार्टीबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका १५ जनालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारका रूपमा सिफारिस गरिएको पार्टीका प्रचार विभाग प्रमुख प्रतिक्षा चापागाईले बताईन् ।

राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले निर्वाचनमा सहभागी भएको उनले बताइन् ।

अल्पसंख्यक समुदायका व्यक्तिहरू स्वतन्त्र रूपमा समाजमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्न चुनावमा सहभागी भएको पार्टीका अध्यक्ष समेत रहेकी नुमा लिम्बूको भनाइ छ ।उनले आफ्नो समुदायसँगै एमाले, कांग्रेस, नेकपा र रास्वपालगायका सबैलाई आफूलाई सहयोग गर्न आग्रह गरेकी छन्।

पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिन्ह ‘श्रीवत्स’ मा भोट दिन आग्रह गरे ।

पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरु पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउँदै भने,‘यो चुनावको समानुपातिक मत परिणामले हाम्रो अनौपचारिक जनगणना हुने र त्यसले हाम्रो राजनीतिक उपस्थितिलाई थप बलियो बनाउने छ ।’

Comments are closed

Related Post