Email :59
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको प्रक्रिया अघि बढाएको छ। चुनदेवीमा बसेको बैठकले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
बैठकले असोज १५ गते वडा, २० गते पालिका, २३ गते प्रदेश तथा निर्वाचन क्षेत्र र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
महाधिवेशन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ। प्रतिनिधिहरूले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गर्नेछन्।
संस्थापन पक्ष सहमतिमा नआएपछि महाधिवेशन प्रक्रिया अघि बढाइएको नेता डा. प्रकाशशरण महतले बताए। समूहको अर्को बैठक भदौ २६ गते बस्नेछ।














Comments are closed