Shopping cart

  • Home
  • समाज
  • संसद्मा उडान सुरक्षा सूचीबारे सांसद राईको प्रश्न
मुख्य समाचार

संसद्मा उडान सुरक्षा सूचीबारे सांसद राईको प्रश्न

Email :72

काठमाडौं । नेपाल लामो समयदेखि युरोपेली संघ (ईयू)को उडान सुरक्षा सूचीमा रहँदा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा परेको असरबारे सांसद निष्कल राईले सरकारसँग जवाफ मागेका छन्।

मंगलबार प्रतिनिधिसभामा प्रश्न गर्दै राईले नेपाललाई सुरक्षा सूचीबाट हटाउन सरकारले गरिरहेको पहल, हवाई सुरक्षाको वर्तमान अवस्था र सुधारका योजनाबारे स्पष्ट जानकारी मागे।

जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले नेपाललाई सामान्यतया ‘कालोसूची’ भनिए पनि औपचारिक रूपमा यो ‘एयर सेफ्टी लिस्ट’ भएको स्पष्ट पारे। नेपाललाई उक्त सूचीबाट हटाउन आवश्यक सुरक्षा मापदण्ड पूरा गर्ने र सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए।

मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत उडान सुरक्षा निरीक्षण तथा नियमनलाई थप प्रभावकारी बनाउँदै नेपालको हवाई सुरक्षा प्रणाली सुदृढ गर्ने काम भइरहेको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी सुरक्षा सूचीबाट बाहिरिने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

Comments are closed

Related Post