Shopping cart

  • Home
  • समाज
  • शहीदका सपनालाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन
देश

शहीदका सपनालाई बेवास्ता गर्ने छुट कसैलाई छैन : बालेन

Email :64

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शहीदका सपनालाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

 

चुनाव प्रचारप्रसारका लागि सुदूरपश्चिमको यात्रामा रहेका बालेनले सामाजिक सञ्जालमा भनेका छन्,शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका शहीदका सपना पूरा गर्ने समय आएको उल्लेख गर्दै शहीदका सपनालाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

 

चार शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले बलिदानी दिएको ८५ वर्ष बितिसक्दा सत्ताको चरित्र नफेरिनु दु:खद भएको उनको भनाइ छ ।

 बालेनको सन्देश:

राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालिन राज्यले क्रुरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ । 

त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन । 

यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो । 

८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।

पटक-पटक नेपाली जनता शहीद भए तर शहीदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो । 

अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौं ।

लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रुपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । 

राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । 

यी शहीदहरुको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामीकसैलाई छैन । 

अब समय आएको छ- शहीदका रगतलाई सम्मान गर्दै वहाँहरुको सपना पुरा गर्ने । 

सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने । 

यसपटकको शहीद दिवस सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको स्मरण गर्दै वहाँहरुको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।

फेरी कसैले शहीद बन्नु नपरोस्! 

सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।

Comments are closed

Related Post