Email :32
काठमाडौं । विश्वभर आज (बुधबार) विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
हरेक वर्ष अप्रिल २२ का दिन मनाइने यो दिवस पृथ्वी र वातावरण संरक्षणप्रति मानव समाजलाई सचेत गराउने उद्देश्यसहित विश्वव्यापी रूपमा मनाइने महत्वपूर्ण अभियानका रूपमा स्थापित भएको छ ।
पृथ्वीमा बढ्दै गएको वातावरणीय असन्तुलन, जलवायु परिवर्तन, प्रदूषण, वन विनाश, जैविक विविधताको क्षयजस्ता समस्याप्रति ध्यानाकर्षण गराउँदै समाधानका उपायतर्फ समाज, सरकार र संस्थाहरूलाई प्रेरित गर्ने लक्ष्यका साथ दिवस मनाउने गरिन्छ ।
वातावरणीय संकट गहिरिँदै गएको वर्तमान समयमा पृथ्वी दिवसको महत्व अझ बढ्दै गएको विज्ञहरू बताउँछन् ।














Comments are closed