Shopping cart

  • Home
  • स्वास्थ्य
  • विश्वको सबैभन्दा प्रदूषित सहरहरूमध्ये काठमाडौँ दोस्रो स्थानमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन धुलो-धुवाँबाट जोगिन सुझाब
अन्तर्राष्ट्रिय

विश्वको सबैभन्दा प्रदूषित सहरहरूमध्ये काठमाडौँ दोस्रो स्थानमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन धुलो-धुवाँबाट जोगिन सुझाब

Email :18

काठमाडौँ । काठमाडौँमा वायु प्रदूषण बढेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार विश्वको सबैभन्दा प्रदूषित सहरहरूमध्ये काठमाडौँ दोस्रो स्थानमा छ ।

बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१८ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो ।

काठमाडौंसहित आसपासका क्षेत्रमा पनि प्रदूषण बढेको छ । प्रदूषित शहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ एक्यूआई ३८२ मापन गरिएको छ ।

० देखि ५० एक्युआई राम्रो (हरियो संकेत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो संकेत) मानिन्छ । त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ ।

१५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्यूआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन,मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाब दिएका छन् ।

Comments are closed

Related Post