Shopping cart

  • Home
  • समाज
  • वर्तमान सरकारले जेन-जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
देश

वर्तमान सरकारले जेन-जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना

Email :111

काठमाडौं । जेन जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन-जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

उनले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग अघि सारेको छन् ।

आज संयुक्त जेन-जी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताए ।
जेन-जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको भन्दै उनले तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको आरोप लगाए । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको भन्दै वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका समेत व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न समेत सरकारलाई आग्रह गरे ।

सुशासन जेन–जी आन्दोलनको मुख्य माग भएपनि भ्रष्टाचारको फाईल खोल्न नसकेको बताउँदै प्रधानमन्त्रीले नै सार्वजानिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाए ।

उनले भने, ‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन । त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् ।आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’

आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की रु निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकत्ता यस्तो राजनितिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षिय सरकार आजको आवश्यक्ता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’ सोमवार माईतीघरबाट शान्तिपूर्ण आन्दोलन थाल्ने पनि उनले जानकारी दिए ।

Comments are closed

Related Post