Shopping cart

  • Home
  • राजनिती
  • लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत
अन्तर्राष्ट्रिय

लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत

Email :32

काठमाडौं । लेबनान र इजरायल १० दिनको अस्थायी युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यसको घोषणा गर्दै यो ३४ वर्षपछि भएको पहिलो औपचारिक वार्तापछिको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उनका अनुसार यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’का रूपमा लिइनेछ। यदि यस अवधिमा कुनै उल्लंघन नभए स्थायी शान्तिको मार्ग खुल्न सक्ने संकेत गरिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल (Truth Social) मार्फत जोसेफ औन र बेन्जामिन नेतन्याहुसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै “यो मेरो १०औँ युद्ध समाधान हुनेछ” भन्ने दाबी गरेका छन्।

युद्धविराम बिहीबार रातिदेखि लागू भएको छ। यसअघि वासिङ्टन डीसीमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्वपूर्ण सिधा संवाद हो। ट्रम्पले दुवै देशका नेतालाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने पनि बताएका छन्।

लेबनानका राष्ट्रपति औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा स्थायी स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनले दीर्घकालीन शान्तिका लागि प्रयास जारी रहने स्पष्ट पारे।

यसैबीच, लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्ण रूपमा हतियार त्याग्न मनाउने प्रयास भइरहेको जनाएको छ। हिजबुल्लाहका नेता हसन फदलल्लाहले भने इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने बताएका छन्।

Comments are closed

Related Post