Shopping cart

  • Home
  • समाज
  • लघुकथा केन्द्रकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न
देश

लघुकथा केन्द्रकाे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Email :54

काठमाडौं। हाम्रो लघुकथा केन्द्रले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम नयाँ बानेश्वरस्थित हेभन टिमुर थकालीमा बुधबार सम्पन्न भएको छ।

कार्यक्रममा कथाकारहरूबाट लघुकथा वाचन गरिएको थियो। कार्यक्रममा सुनाइएका लघुकथाहरूका बारेमा डा. हरि प्रसाद भण्डारीले मूल्यांकन गर्दै सुधारका लागि सर्जकहरूलाई सुझाव समेत दिनुभएको थियो।

त्यस्तै केन्द्रका सल्लाहकार डा. पुस्कर भट्ट र संयुक्त राज्य अमेरिकामा बस्नुहुने प्रा. प्रभात दीक्षितले साहित्यिक प्रवर्धनका लागि सबैबाट आवश्यक पहल हुनुपर्ने बताउनुभयो। मलेसियाबाट आउनुभएका राजु क्षेत्री ‘अपुरो’ ले पनि आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष लता के.सी., धिरज बराल, वीरेन्द्र मालाकार, अदित आचार्य, एञ्जेल निलु, अमर कीर्तिमानी, ईन्दिरा चापागाईँ, निर्मला बराल, सुनिता निरौला पौडेल, मनिष शर्मा ‘समित’, प्रार्थना जोशी, अप्सरा पोखरेल भट्टराई, बन्दना घिमिरे, ध्रुब थापा ‘पुरुष’, शान्ता तिम्सिना, महेन्द्र न्यौपाने, रमेश सुवेदी लगायतको उपस्थिति रहेको थियो।

Comments are closed

Related Post