Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा विधि, विधानले चलेको छैन, जान्नेलाई छान्ने भनेर भ्रम दिइएको छ ; ममता शर्मा
देश

रास्वपा विधि, विधानले चलेको छैन, जान्नेलाई छान्ने भनेर भ्रम दिइएको छ ; ममता शर्मा

Email :71

बालेन शाहलाई भ्रमित पारेर रास्वपामा ल्याइएको छ, उनलाई भविष्यमा अप्ठ्यारो पर्छ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि मधेश प्रदेशकि संस्थापक सभापति ममता शर्माले केहि दिन अघि रास्वपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरिन् । उनले पार्टीमा चरम आर्थिक अपारदर्शिता रहेको आरोप लगाएकी थिइन् । रास्वपा विधि, विधानमा नचलेको उनको भनाई छ । रास्वपामा कुनै जनलहर नभएको भन्दै उनले पुराना दलहरु नै सुध्रिएर आएको टिप्पणी गरेकी छन् । प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी –

 

रास्वपा किन परित्याग गर्नुभयो  ?

युवा पुस्ता राजनीतिमा आउनुपर्छ भन्ने नारा थियो । राम्रालाई, जान्नेलाई छान्ने भन्ने नारा थियो । यस्ता नाराले आशा देखाएका कारण मैले देश परिवर्तन हुन्छ कि, मत परिवर्तन होला सहिलाई सहि र गलतलाई गलत नै भनिएका भनेर म पनि लागेँ । म निरन्तर ४ वर्षदेखि संर्घषरत थिएँ । मधेश प्रदेशको सबै जिल्लाका वडा तहसम्म पुगेको थिएँ । मधेसमा महिला, बालबालिका, वृद्धवृद्धाको धेरै समस्या देखेँ । हरेक घरबाट एक व्यक्ति विदेशमा छन् । यि समस्यामा म उनीहरुको आवाज बन्न सक्छु भनेर लागेको थिएँ । अन्य युवाहरु पनि त्यसरी नै लागेका थिए । चार वर्षको अवधिमै पार्टीले प्राइमरी इलेक्शनको धज्जी उडायो । विधि, विधान विपरित कामकाज गरे । यि सबै कुराहरुबाट म निराश भएँ । मैले र मलगायत मधेशका सबै साथीहरुले सोचेका विचार विपरित पार्टीले काम गरिरह्यो । हिजो पुराना दलहरुले यस्तै गल्ती गरेकाले नयाँ शक्ति आएको हो । नयाँले पनि फेरी पुरानै अभ्यासलाई निरन्तरता दिएपछि नयाँ र पुरानोमा फरक देखिएन । पुराना दलहरु बरु सुध्रिएर जान लागि परेका छन् । तर नयाँ भनौदाहरु पुरानो भन्दापनि नयाँ अभ्यासलाई प्रोत्साहन दिनु र त्यही अभ्यासमा जुट्नु उचित भएन । यसकारण रास्वपा परित्याग गरे । पार्टीमा विधि, विधान विपरित सबै कामहरु भइरहेको छ । मैले बुझेपछि आफु गलत ठाउँमा बसेर गलत कुरालाई साथ दिनु भनेको मेरो नैतिकतामा पनि प्रश्न उठ्न थालेपछि म ब्याक भएको हो ।

 

रास्वपाप्रति जनलहर आएको भन्ने दाबी छ । जनलहर आइरहेको बेलामा तपाईले चाहिँ परित्याग गर्नुभयो नि ?

कस्तो किसिमको जनलहर हो यो ? जनलहर बंगलादेशमा पनि आएको थियो । भारतमा पनि आएको थियो । सबै ठाउँमा आएको थियो जनलहर । जनलहर आउनु, परिवर्तन खोज्नु र त्यसलाई व्यवहारमा लागु गर्नुमा फरक छ । जान्नेलाई छान्ने भन्ने तर पुरानैलाई नयाँ पार्टी र चुनाव चिन्ह भिराएर नयाँ हुन्छ ? हुँदैन । मैले देखिरहेको छु, बालबालिकालाई चुनाव चिन्ह बोकाएर, टिसर्ट बाँडेर उनीहरुलाई प्रयोग गरेर जनलहर देखाइएको छ । समाजले खोजेको त्यो परिवर्तन होइन । कुनै जनलहर छैन ।

 

बालेन शाहलाई भ्रमित पारेर रास्वपामा ल्याइयो । उहाँ आएको ठाउँ सहि छैन । प्राइमरी इलेक्शनका लागि ४, ५ सय मान्छेले फर्म भरेँ । प्रत्येक सँग ५० हजारका दरले शुल्क उठाइयो । तर अन्तिममा सबै विधि, विधानको धज्जी उडाइदिए । सबैलाई साइड लगाइयो र त्यसपछि आयातित, हेरिकप्टर चढेर आउनेहरुलाई उम्मेदवार बनाइयो । मुखले भन्ने छुट्टै र व्यवहार देखाउने छुट्टै गरियो । बालेन शाहसँगै गलत व्यक्तिहरुको जमात प्रवेश गराइएको छ । बालेनजीलाई पनि भविष्यमा अप्ठ्यारो छ ।

Comments are closed

Related Post