Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय एकताबाट लोकतान्त्रिक उपलब्धि सुदृढ गरौँ :प्रचण्ड
मुख्य समाचार

राष्ट्रिय एकताबाट लोकतान्त्रिक उपलब्धि सुदृढ गरौँ :प्रचण्ड

Email :79

काठमाडौं । नेपाली कम्युनि्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणण्ड‌ले फागुन ७ का अवसरमा राणा शासनविरुद्ध नेपाली जनताले गरेको ऐतिहासिक तथा वीरतापूर्ण संघर्षलाई उच्च सम्मानका साथ स्मरण गर्नुभएकाे छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले निरंकुश राणा शासनविरुद्ध जनताले देखाएको साहस, त्याग र बलिदानकै बलमा देशमा प्रजातन्त्र स्थापना सम्भव भएको गर्नुभएकाे छ । उहाँले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरू राष्ट्रका गौरवपूर्ण अध्याय भएको बताउनु भएकाे छ ।

उहाँले राष्ट्रिय सार्वभौमसत्ता सुदृढीकरण, सुशासन प्रवर्द्धन, समृद्ध नेपालको निर्माण तथा न्यायपूर्ण समाज स्थापनाका लागि सम्पूर्ण नेपालीबीच दृढ राष्ट्रिय एकताको आवश्यकता अझ बढी रहेको धारणा व्यक्त गर्नुभएकाे छ । “यही एकतामार्फत लोकतान्त्रिक उपलब्धिहरूलाई अझ मजबुत बनाउँदै देशलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन सकिन्छ,” सन्देशमा भनिएको छ ।

उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशिता र सामाजिक न्यायलाई व्यवहारमा उतार्दै राष्ट्र निर्माणको अभियानमा सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनु भएकाे छ ।

उहाँकाे सन्देशको अन्त्यमा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ ।

Comments are closed

Related Post