Shopping cart

  • Home
  • राजनिती
  • राप्रपाले टुंग्यायो समानुपातिक सांसद
देश

राप्रपाले टुंग्यायो समानुपातिक सांसद

Email :106

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएको छ ।

आइतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरूषतर्फ महोत्तरीका भरत गिरी, मुस्लिम पुरूषतर्फ रूपन्देहीका ताहिर अली, खस आर्य महिलातर्फ झापाकी खुस्बु ओली र जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम सिफारिस गरिएको छ ।

तर, निर्वाचन आयोगमा नामावली पठाएपछि मात्रै सार्वजनिक गर्नेगरी प्रतिनिधि सभामा समानुपातिकतर्फको सांसदहरु टुंगो लगाइएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए।

Comments are closed

Related Post