Email :71
काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले आज जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्दैछ । कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति फिल्डमा खटिन लागेको हो ।
सरकारी टोली राजनीतिक संवाद र कार्यालय अनुगमनका लागि बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुग्ने छ । त्यसपछि दिउँसो १ बजे नेकपा एमालेको कार्यालय च्यासल र ३ बजे नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को कार्यालय पेसिरडाँडा पुग्नेछ ।














Comments are closed