Email :69
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ।
पार्टीले बाढी प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने उद्देश्यले सम्बन्धित जिल्लामा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो।
रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।














Comments are closed