Shopping cart

  • Home
  • समाज
  • युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव
देश

युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव

Email :37

काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिव बनेका छन्।

पार्टीको सचिवालयको आइतबार बसेको पूर्ण बैठकले अर्याललाई महासचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। त्यसपछि सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले अर्याललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

अर्यालसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्यालले पनि उज्यालो नेपाल पार्टीको सदस्यता लिएका छन्। उनीहरूलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।

पार्टी प्रवेशपछि नवनियुक्त महासचिव अर्यालले उज्यालो नेपालमा विभिन्न क्षेत्रका विज्ञसँगै अनुभव बोकेका युवाहरूको सहभागिता बढ्दै गएको बताए। यस्तो संयोजनले मुलुकको विकास र समृद्धिका लागि पार्टीलाई प्रभावकारी राजनीतिक विकल्पका रूपमा स्थापित गर्न सक्ने उनको दाबी छ।

अर्यालले नयाँ पुस्ताको ऊर्जा, विज्ञताको उपयोग र अनुभवी नेतृत्वबीचको सहकार्यबाट देशका विद्यमान चुनौती समाधान गर्ने दिशामा अघि बढ्न सकिने धारणा पनि राखेका छन्।

Comments are closed

Related Post