Shopping cart

  • Home
  • समाज
  • महिला नेतृमाथि गम्भीर टिप्पणीप्रति महिला सुरक्षा दबाव समूहको आपत्ति,
देश

महिला नेतृमाथि गम्भीर टिप्पणीप्रति महिला सुरक्षा दबाव समूहको आपत्ति,

Email :572

काठमाडौं । महिला नेतृ तथा सार्वजनिक पदधारीहरूमाथि पछिल्ला दिनहरूमा भएका केही सार्वजनिक टिप्पणी र अभिव्यक्तिहरूलाई महिला सुरक्षा दबाव समूहले आपत्तिजनक, अनावश्यक र महिला नेताको मर्यादामाथि प्रहार रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी ,अष्टलक्ष्मी शाक्य सहितका महिला नेताहरूप्रति लक्षित टिप्पणीलाई  विज्ञप्ति मार्फत चिन्ता ब्यक्त गरेकाे हाे ।

समूहकी अध्यक्ष इशारा गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा अघिल्ला विभागीय र पूर्व पदाधिकारीहरूमार्फत भएका आलोचनात्मक टिप्पणीकामाथि चिन्ता जनाउँदै, राजनीतिक तथा लोकतान्त्रिक संस्कृतिभित्र महिला नेतृत्वको सम्मान र सुरक्षाको अभियन्ता रहने समूहले महिला नेताको चरित्रहत्या र असमर्‍यादित व्यवहार कुनै पनि हालतमा सह्य नहुने स्पष्ट गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक वा सार्वजनिक जीवनमा कुनै पनि पूर्व पदाधिकारी महिला नेतृ वा व्यक्तिमाथि उद्देश्यमूलक अपमान गर्ने प्रयास हामी सबै महिलामाथिको आक्रमण हो, जसले समग्र सम्मानजनक राजनीतिक वातावरणलाई नै खल्बल्याउँछ।”

समूहले तीन बुँदामा आफ्ना माग र धारणा प्रस्तुत गरेको छः

१. महिला नेतृत्वको सम्मान गर्ने र उनीहरूको अधिकार सुरक्षण गर्ने वातावरण निर्माण गर्न सबै सरोकारवालालाई आग्रह

२. सर्वोच्च पदमा पुगेका महिला नेतृमाथि गरिने राजनीतिक तथा व्यक्तिगत असमर्‍यादित टिप्पणीको अन्त्य

३. राजनीतिक दल, नेतृत्व, समुदाय र सञ्चार माध्यमलाई महिला नेतृको मर्यादा र प्रतिष्ठाप्रति संवेदनशील हुन सुझाव

विज्ञप्तिको अन्त्यमा समूहले सबै राजनीतिक, सामाजिक र सार्वजनिक व्यक्तिहरूलाई संविधानले सुनिश्चित गरेको समानताको मर्मअनुसार महिला नेताको सम्मान, सुरक्षा र इज्जत जोगाउने दिशा अपनाउन आह्वान गरेको छ।

महिला सुरक्षा दबाव समूहले यस्ता अपरिपक्व र असमानतापूर्ण टिप्पणीहरू राजनीतिक सभ्यताको लागि घातक भएको भन्दै लोकतान्त्रिक मूल्य र संस्कृतिको संरक्षणमा सबैलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरेको छ।

Comments are closed

Related Post