Shopping cart

  • Home
  • समाज
  • मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभावअन्य प्रदेशहरूमा पनि देखिन्छ : प्रचण्ड
देश

मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभावअन्य प्रदेशहरूमा पनि देखिन्छ : प्रचण्ड

Email :114

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव क्रमशः अन्य प्रदेशहरूमा पनि देखिने दाबी गरेका छन् ।

 

शनिवार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मधेशले परम्परागत समीकरण तोडेर नेकपा, मधेशवादी दलहरू र नेपाली कांग्रेसको सहभागितामा नयाँ सरकार बनाएको छ । यो नयाँ समीकरणको सुरुवात मधेशबाटै भएको हो र अब यो सन्देश देशका बाँकी प्रदेशहरूमा पनि पुग्नेछ ।’

नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरू र नेपाली कांग्रेससमेत भएर नयाँ सरकार बनेको छ।केही वर्षदेखि तथाकथित समीकरण तोडिएको छ। नयाँ समीकरणको सुरूवात मधेसबाटै भएको छ,’ उनले भने।

मधेसबाट देखिएको सन्देश बाँकी प्रदेशमा पनि अगाडि बढ्ने संयोजक प्रचण्डले बताए।  ‘नयाँ समीकरण र नयाँ परिवर्तनको प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने।

उनले गणतन्त्र आए पनि जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको स्वीकार गर्दै ‘जेनते (जनता) आन्दोलन’ ले सबै राजनीतिक शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको बताए । उनले भने, ‘यो आन्दोलनले हामीलाई गम्भीर समीक्षा गर्दै नयाँ ढङ्गले रूपान्तरणसहित अगाडि बढ्ने अवसर दिएको छ ।’

प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सबै जनताको व्यापक एकता आवश्यक रहेकोमा जोड दिँदै त्यसको नेतृत्व नेकपाले गर्ने विश्वास व्यक्त गरे । उनले एमाले तथा अन्य कम्युनिस्ट पार्टीहरूभित्रका क्रान्तिकारी र वामपन्थी शक्तिहरूलाई पनि नेकपामा एकताबद्ध हुन आह्वान गरे।

कम्युनिस्टहरूबीचको एकता प्रक्रियालाई जारी राख्ने बताउँदै उनले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे । उनले भने, ‘यो एकता प्रक्रिया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिस्टहरूलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’

त्यसैगरी मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजना (हुलाकी राजमार्ग, रेलवे, जलेश्वर-जनकपुर-जटही सडक विस्तार लगायत) कम्युनिस्ट नेतृत्वको सरकारले नै सुरु गरेको उल्लेख गर्दै तिनलाई पूरा गर्ने जिम्मेवारी पनि कम्युनिस्ट सरकारले नै लिने उनको भनाइ थियो ।

Comments are closed

Related Post