Shopping cart

  • Home
  • राजनिती
  • मतदानको दिन मौसम सफा रहने पूर्वानुमान
देश

मतदानको दिन मौसम सफा रहने पूर्वानुमान

Email :28

काठमाडौं । निर्वाचनको मिति घोषणा भएदेखि नै मौसमलाई सम्भावित चुनौतीका रूपमा हेरिएको थियो । तर, मौसमविद्हरूले मतदानको दिन देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेका छन् ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबार र बिहीबार वर्षाको कुनै सम्भावना छैन । नयाँ मौसमी प्रणाली सक्रिय हुने संकेत पनि देखिएको छैन । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानपख हुस्सु देखिन सक्नेछ ।

केही क्षेत्रमा देखिएको धुम्म अवस्था तुवाँलोका कारण भएको र यसले निर्वाचन प्रक्रियामा उल्लेख्य असर नपार्ने मौसमविद्हरूको भनाइ छ ।

यसैबीच, गृह मन्त्रालयले पनि मौसमका कारण निर्वाचनमा ठूलो चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका प्रवक्ता काफ्लेका अनुसार आसन्न निर्वाचनमा मौसमलाई लिएर उठेका गुनासाहरूको विस्तृत अध्ययन गरिएको थियो । उनले विगत ३० वर्षअघिसम्मको सोही अवधिको मौसम विवरणसमेत विश्लेषण गरिएको जानकारी दिए ।

‘२१ फागुनका दिन मौसमले खासै ठूलो प्रभाव नपार्ने प्रतिवेदन प्राप्त भएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘अब निर्वाचनमा मौसमजन्य चुनौती देखिँदैन ।’

Comments are closed

Related Post