Shopping cart

  • Home
  • राजनिती
  • मकवानपुर १ मा विजय गौतम : ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकता
देश

मकवानपुर १ मा विजय गौतम : ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकता

Email :87

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार विजय गौतमप्रतिको जनलहर दिनप्रतिदिन बढ्दै गइरहेको छ । हेटौँडाको स्थानीय आवश्यकता र जनचाहानालाई सम्बोधन गर्ने एजेन्डा अघि सारेसँगै उनीप्रतिको आकर्षण बढेको हो । उनले ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन् ।

हेटौडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने, कर्रा खोला करिडोर र राप्ती खोला करिडोर निर्माण गरि यातायात सेवा सुचारु गर्ने, वागमती नदि करिडोर निर्माण गर्ने तथा हेटौंडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति गर्न पहल गर्ने काम उनले प्राथमिकतामा राखेका छन् । त्यस्तै, ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडकका लागि पहल गर्ने, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच विस्तार गर्ने, सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा पुर्याउन पहल गर्ने, एकीकृत नमुना वस्तीको विकास गर्ने र राजमार्ग ऐन अन्तर्गत हेटौडा नगरको विस्तार गर्दा पिडित पक्षलाई उचित मुआब्जा र क्षतिपुर्तिको व्यवस्था गर्न पहल गर्ने गौतमको प्रतिबद्धता छ । उनले जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद कार्यक्रम संचालन गरेर सदैव जनताको साथमै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

गढी, बकैया, बागमती र हेटौडाको वडाहरुमा व्यावसायिक कृषि जोन र पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको भनाई छ । वागमती, कर्रा र राप्ती खोलाको नदि उकास जमिनमा उत्पादन वृद्धि गर्ने, पशुपालन, दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै बजार व्यवस्थापनका लागि पहल गर्ने, हेटौंडा औद्योगिक क्षेत्रको विस्तार गरि नयाँ नयाँ उद्योग स्थापना गर्न विशेष पहल गर्ने उनको घोषणा छ । उनले मयूरधाप औद्योगिक क्षेत्रको संचालन गर्न पहल गर्ने पनि भनिएको छ ।

 

गौतमले हेटौडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने योजना पनि अघि सारेका छन् । ऐतिहासिक मकवानपुर गढ़ी दरबार क्षेत्रलाई संरक्षण गर्ने, एवम् सम्बर्धन गर्दै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, होमस्टे लगायत आन्तरिक पर्यटनको विकास गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उनले उद्घोष गरेका छन् । त्यसैग्री, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना गर्ने, गरिब, दलित र पिछडिएका वर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने पनि उनले प्रतिबद्धता गरेका छन् ।

 

एक वडा एक महिला उद्यम कार्यक्रम संचालन गर्ने, गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने, हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्राथमिकता दिने, हरेक स्थानीय तहमा शिशु स्याहार केन्द्र स्थापना गर्न पहल गर्ने र मध्यवर्ती क्षेत्र र आरक्षको समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेको छ ।

Comments are closed

Related Post