नेकपा भोजपुरका काङमाङको एजेन्डा- विकासमा हिसाब, नारामा होइन
भोजपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा अजम्बर राई काङमाङ को उम्मेदवारीले चुनावी माहोल तातेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको छ। लामो राजनीतिक अनुभव, स्वच्छ छवि र स्थानीय तहमा बलियो जनसमर्थनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित जस्तै देखिएको छ।
५८ वर्षीय अजम्बर राई काङमाङ भोजपुरका स्थानीय हुन् उनी अनुभवी तथा प्रभावशाली राजनीतिक हस्ती हुनुहुन्छ। संघीयता, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आउनुभएका उहाँले विगतका विभिन्न निर्वाचनमा सहभागिता जनाउँदै जनसरोकारका विषय उठाउँदै आउनुभएको छ। संसद प्रवेश नगरे पनि स्थानीय विकास, सुशासन र सामाजिक रूपान्तरणका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ।
यस्ता छन् राईका मुख्य एजेन्डा विकासमा हिसाब, नारामा होइन
उहाँले “भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ” भन्ने चुनावी नारासहित सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाउनु भएको छ। उहाँले सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोक्ने, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्र। भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ उहाँको चुनावी नारा यस्तो छ ।
स्थानीय जनतामाझ विश्वासयोग्य र स्वच्छ छवि निर्माण गर्न सफल उहाँको उम्मेदवारीले भोजपुरमा नेकपाको संगठनात्मक आधार थप मजबुत बनेको देखिन्छ। लामो राजनीतिक यात्रामा कुनै विवादमा नमुछिनु र निरन्तर समाजसेवामा सक्रिय रहनुले उहाँलाई “अनुभवी र विश्वासयोग्य नेता” को रूपमा स्थापित गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार उहाँको अनुभव, स्थानीय प्रभाव र पार्टीको सुदृढ संगठनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित देखिएको छ। अजम्बर राई काङमाङ भोजपुरको मात्र नभई समग्र पूर्वी नेपालको आवाज बनेका नेता हुनुहुन्छ। उहाँको जितले भोजपुर क्षेत्रमा थप विकास र सामाजिक न्यायको ढोका खोल्ने अपेक्षा गरिएको छ।
विचारमा प्रष्ट, अवसरबाट बञ्चित
लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय अजम्बर काङमाङ राई अहिलेसम्म कुनै राजकीय पदमा छैनन् । त्यसैले उनलाई अवसर नपाएका नेताका रुपमा बुझ्न सकिन्छ ।
उहाँ जनप्रतिनिधिका रुपमा आफूलाई पहिचान गराउन नपाएका विचारमा स्पष्ट र बलियो जनसम्पर्क भएका नेता मानिन्छन् । कुनै समय एमालेकै उदयीमान नेता मानिने उहाँ अहिले नेकपाका केन्द्रीय सदस्यको रुपमा हुनुहुन्छ । जोशिला छन्, मतदाताको अपेक्षा पूरा गर्ने नेताको रुपमा अपेक्षा गरीएका नेतामा पर्नुहुन्छ ।
मतपरिणाम हेर्ने हो भने उनलाई कमजोर मान्न सकिँदैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको १२ हजार ७ सय ५० समानुपातिक मतमा एकीकृत समाजवादीको ३ हजार ६ सय ९३ र जसपाको १ हजार ३ सय ९१ मत जोड्दा करिब १७ हजार बढी मत हुने देखिन्छ यस्ले पनि जितको आधार थप सुनिश्चित जस्तै देखिएको छ ।














Comments are closed