Shopping cart

  • Home
  • समाज
  • बैतडी जन्ती बस दुर्घटनाका १३ को मृत्यु ५ को अवस्था गम्भीर
देश

बैतडी जन्ती बस दुर्घटनाका १३ को मृत्यु ५ को अवस्था गम्भीर

Email :56

बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । विवाह सम्पन्न गरी फर्किने क्रममा भएको यो हृदयविदारक घटनामा बेहुला र बेहुली भने अर्कै गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।

दुर्घटनामा घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।

मृतकको नामावली:
१. बिसनदत्त जोशी (१७ वर्ष) – बित्थडचिर-७, बझाङ
२. दीपक जोशी (२७ वर्ष) – बित्थडचिर-७, बझाङ
३. किसनदत्त जोशी (४५ वर्ष) – बित्थडचिर-७, बझाङ
४. केशवराज जोशी (४० वर्ष) – बित्थडचिर-७, बझाङ
५. अशोकराज जोशी (१३ वर्ष) – बित्थडचिर-७, बझाङ
६. बसन्त जोशी (३५ वर्ष) – बित्थडचिर-७, बझाङ
७. विष्णुदत्त जोशी (४१ वर्ष) – बित्थडचिर-७, बझाङ
८. नरेशराज जोशी (४२ वर्ष) – बित्थडचिर-७, बझाङ
९. केशवराज भट्ट (२६ वर्ष) – केदारस्युर-७, बझाङ
१०. मोहनदेव भट्ट (६० वर्ष) – केदारस्यु, बझाङ
११. बसन्तराज रतला (४० वर्ष) – जयपृथ्वी नगरपालिका-७, बझाङ
१२. सुशील जोशी (१४ वर्ष) – पुर्चौडी नगरपालिका-७, बैतडी
१३. नाम नखुलेका (अन्य १ जना, जसको अस्पतालमा मृत्यु भएको)

 

 

Comments are closed

Related Post