Shopping cart

  • Home
  • समाज
  • बैगुनी केटोलाई शुभचिन्तकको चिठ्ठी- बिचारमा सतिसाल झैं उभिएर कम्युनिष्ट आन्दोलनलाई योगदान पुर्याउनुस्
देश

बैगुनी केटोलाई शुभचिन्तकको चिठ्ठी- बिचारमा सतिसाल झैं उभिएर कम्युनिष्ट आन्दोलनलाई योगदान पुर्याउनुस्

Email :255

आदरणीय बैगुनी केटो
हार्दिक अभिबादन ।

आराम छु तपाईं पनि यो पत्र लेख्दा आरामै हुनुहोला भन्ने पुर्ण बिश्वास गरेको छु । आदरणीय बैगुनी केटो तपाईसंग मेरो परिचय धेरै लामो त होइन २०५१ साल तिर अनेरास्ववियु केन्द्रिय कमिटिको सचीव भएको समयमा मंसिर महिनाको अन्तिम तिर हाम्रो पाचौ जिल्ला अधिबेशनको उदघाट्न गर्न बिकट पहाडी जिल्ला अछाम पुगेको समयमा भएको मेरो स्मृतिमा ताजै छ ।

२०५१ सालको चैत महिनामा तपाईं लाई अध्यक्ष बनाउने बिराटनगर भएको राष्ट्रिय सम्मेलनमा पुगेका थियौ ।  तपाई २०५१-२०५६ सम्म अनेरास्ववियुको अध्यक्ष रहँदा उनले विद्यार्थी आन्दोलनलाई शैक्षिक एजेन्डामा मात्र नभई संगठनलाई ऐतिहासिक सफलता पनि दिलाउनु भएको हो । बैगुनी केटाको नेतृत्वकालमा अखिलले देशभरका ७३ प्रतिशत क्याम्पसमा स्ववियू चुनाव जितेको रेकर्ड अहिले पनि एमाले वृत्तमा निकै चर्चाको विषय बन्ने गरेको छ ।

 

हामी जस्तो ग्रामीण क्षेत्रमा बस्नेहरुले योगेश (बौगुनी केटो) नाम २०४६ देखि नै विद्यार्थी नेताको रूपमा सुन्ने गर्थ्यौ । देश शस्त्र द्वन्द्वले थिलोथिलो परेको मौका छोपेर तत्कालीन राजाले राजनीतिक दल माथी प्रतिबन्ध लगाए पछि भएको २०६२/६३ को जनआन्दोलन एउटा आशा एंब भरोसा योग्य युवा नेताको रुपमा तपाईंको नाम जोडिएको छ । आदरणीय बैगुनी केटो तपाईंले २०४६ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रूपमा जेलनेल भोगेकाले २०६२/६३ आन्दोलनमा ‘उपत्यका कमान्डर’ को भूमिका निभाउने जिम्मेवारी पाउनु भयो त्यस पछि तपाई सधै चर्चाको शिखरमा पुग्नु भयो ।

 

त्यो कठिन समयमा शीर्ष नेताहरू नजरबन्दमा थिए, उपत्यकामा विभिन्न पेशाकर्मी,जनता उतार्ने र सडक तताउँदै अन्य दल र नागरिक समाजसँग समन्वय गर्ने र गणतन्त्रको नारा घन्काउने काममा तपाईंको नेतृत्वदायी भूमिका रहेको अहिले पनि जनमानसमा अमिट छाप छ । आदरणीय बैगुनी केटो यो जुझारु छविका कारण तपाईं सिङ्गो लोकतान्त्रिक तथा कम्युनिष्ट भित्र र बाहिर ‘क्रान्तिका कमान्डर’ का रूपमा चिनिनु भएको छ ।

 

बिद्यार्थी नेता हुदा शैक्षिक आन्दोलन मात्रै होइन राष्ट्रियताको सवालमा योगेश सधैँ अग्रमोर्चामा देखिनु भयो । बैगुनी केटाको नेतृत्वमा २०५५ सालमा भएको ऐतिहासिक ‘काठमाडौं-कालापानी मार्च’ नेपाली राष्ट्रियताको आन्दोलनमा कोसेढुङ्गा मानिन्छ । भारतले इलामको पशुपति क्षेत्र र दार्चुलाको कालापानी लगाएत नेपालका ६२ स्थानमा सीमा मिचिएको प्रमाण सार्वजनिक गर्नेदेखि नाकाबन्दीका समयमा उनले डटेर सामना गरेको देख्दा सुन्दा निकै आशा भरोसा पलाएर आउथ्यो ।

आदरणीय बैगुनी केटो तपाईं नवौं महाधिवेशनबाट सचिव बनेपछि प्रचार विभागको कमाण्ड सम्हालेसँगै उनले परम्परागत प्रचार शैली भत्काउँदै पार्टीलाई प्रविधिमैत्री बनाउनुका साथै नेपाल पत्रकार महासंघमा हाम्रो गर्बिलो उपस्थिती रहन पुग्यो । वेबसाइट अपडेट, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र ‘साइबर स्पेस’ मा एमालेको वर्चस्व स्थापित गर्न उनको भूमिका तारिफ योग्य छ मानिन्छ ।
आदरणीय बैगुनी केटो तपाईं आफ्नो निजि स्वार्थ भन्दा माथी उठेर राजनीतिमा जोखिम मोल्न सक्ने नेताको रूपमा परिचित हुनुहुन्छ त्यो तपाईंको व्यबहार बाट प्रष्ट हुन्छ । जातीय अतिवादको मुद्दा, उनी सधैँ पार्टी र विधिको पक्षमा रक्षात्मक होइन, आक्रामक रूपमा प्रस्तुत हुनु भएको आम नागरिकले देखेकै छन । संसदमा पार्टी र जनताको आवाज बुलन्द बनाउने र संसदीय समितिमा जनसरोकारका विषयलाई राष्ट्रिय एजेन्डा बनाउन सक्ने क्षमता राम्रोसँग देखियो ।

केपी ओली नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । तर, २०७७ पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनपछि संवैधानिक र राजनीतिक संकट बीच उनले अध्यक्ष प्रधानमन्त्री भएको बेला मन्त्री त्यागेर सत्ताभन्दा लोकतन्त्रको परिचय दिए । एकताबद्ध एमालेका लागि जोखिम उठाउनु भएको सबैले राम्रोसँग बुझेका छन ।

माधव नेपालले पार्टीमा बिद्रोह गर्दा तपाईं टक्क अडिएको ओलिले भुमिका बिहिन बनाएकै हुन । अहिले ११औं महाधिवेशनमा एमालेको पुनर्गठन, नेतृत्व परिवर्तनको मुद्दासहित तपाईं उपमहासचिवका लागि चुनावी मैदानमा हुनुहुन्छ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई जोड्ने ‘पुल’ को भूमिकामा देखाउनु भएको छ जितका लागि हार्दिक शुभकामना । अन्त्यमा आदरणीय बैगुनी केटो तपाईं जस्तै आफ्नो बिचारमा सतिसाल भै उभिएर नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पुगाउन तपाईंका देशभरका समर्थक शुभचिन्तकले आशा एंब भरोसा गरेका छ्न । पत्र लामो भयो भनेर झर्को नमान्नु होला ।

उहीँ तपाईंको शुभचिन्तक
रोशन

Comments are closed

Related Post