Shopping cart

  • Home
  • राजनिती
  • बुद्धिजीवीलाई नेकपाको पक्षमा जनमत निर्माण गर्न आग्रह
देश

बुद्धिजीवीलाई नेकपाको पक्षमा जनमत निर्माण गर्न आग्रह

Email :67

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार तथा सामाजिक अगुवाहरूलाई पार्टीको पक्षमा जनमत निर्माण गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बामबुद्धिजीवीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले लेख, रचना, अन्तर्वार्ता, छलफल तथा संयुक्त वक्तव्यमार्फत आफ्ना धारणा स्पष्ट राख्न आग्रह गर्नुभएको हो। जनमत निर्माणमा बौद्धिक समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले निर्वाचन प्रक्रियामा सकारात्मक र रचनात्मक सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।

उहाँले निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिँदै संस्थागत तथा व्यक्तिगत रूपमा सबैले निगरानी बढाउनुपर्ने बताउनुभयो। मतदान केन्द्रमा प्रतिनिधि परिचालन गर्ने, निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन सहयोग गर्ने तथा आवश्यक प्रशिक्षणलाई प्राथमिकतामा राख्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ।

प्रचण्डका अनुसार यो निर्वाचन केवल सिट जित्ने प्रतिस्पर्धा मात्र नभई देशको भविष्य कुन दिशामा जाने भन्ने विषयमा जनमत अभिव्यक्त गर्ने अवसर हो। देशलाई स्थिरता र विकासको मार्गमा अघि बढाउने कि अन्योल र अस्थिरतामा धकेल्ने भन्ने निर्णय जनता स्वयंले गर्ने समय आएको उहाँको भनाइ छ।

नेकपाले आफूलाई राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण र जनअधिकारको संरक्षण गर्ने शक्तिका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति कायम गर्ने लक्ष्य राखेको छ। पार्टी नेतृत्वले जनताको समर्थन, संगठनात्मक एकता र प्रभावकारी राजनीतिक रणनीतिलाई सफलताको आधार मान्दै अघि बढिरहेको छ।

Comments are closed

Related Post