Email :69
काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।
मुगुको सोरु गाउँपालिका–१० घर भई हाल चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका–१५ बाट उनलाई पक्राउ गरिएको होबिन्द्र बोगटीले जानकारी दिए।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।














Comments are closed