पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउकुमार आङ्देम्बे पक्राउ परेका छन्। ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई मंगलबार पक्राउ गरिएको हो।
जिल्ला अदालत पाँचथरले वडा अध्यक्ष आङ्देम्बेमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिस कुमार कर्णले जानकारी दिएका छन्। उनका अनुसार २०८१ साल असार १३ गते फाल्गुनन्द गाउँपालिका–७ स्थित वडा अध्यक्ष आङ्देम्बेको घरमा १६ वर्षीय टेकेनहाङ आङ्देम्बे मृत अवस्थामा फेला परेका थिए। सोही घटनाको अनुसन्धानका क्रममा आङ्देम्बेलाई नियन्त्रणमा लिइएको हो।
मृतक टेकेनहाङ आङ्देम्बे केही समयदेखि वडा अध्यक्षको घरमा काम सघाउँदै आएका थिए। घटनापछि मृतकका परिवारले किटानी जाहेरी दिएसँगै प्रहरीले निरन्तर अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानको सिलसिलामा अदालतले सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष आङ्देम्बे २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। अदालतबाट अन्तिम फैसला नभएसम्म उनीमाथिको आरोप कानुनी रूपमा प्रमाणित भएको मानिँदैन।














Comments are closed