Shopping cart

  • Home
  • समाज
  • प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने
अन्तर्राष्ट्रिय

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने

Email :113

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी प्रदर्शनकारीलाई संयम अपनाउन आग्रह गरेका थिए ।

त्यसपछि नेपाली सेनाले छुट्टै वक्तव्य जारी गर्दै सार्वजनिक सम्पत्तिको तोडफोड नगर्न अनुरोध गरेको थियो । सोमबार जेनजी प्रदर्शनमा सरकारी दमनका क्रममा धेरै युवाको ज्यान गएको र सयौँ घाइते भएका थिए ।

स्थिति तनावपूर्ण बन्दै गएपछि मङ्गलवार बिहान केही मन्त्रीले राजीनामा दिएका छन् भने दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पदत्याग गरेका छन् ।

Comments are closed

Related Post