Shopping cart

  • Home
  • राजनिती
  • प्रधानमन्त्री वालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतको भेट
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री वालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतको भेट

Email :54

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय सहकार्यका लागि विस्तृत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत झाङ माओमिङले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीलाई सामूहिक भेट गरेका थिए । यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकीसँगको सम्बन्धलाई नेपालले प्राथमिकतामा राखेको अर्थमा विश्लेषण गरिएको छ ।

Comments are closed

Related Post