काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजना गरिएको कार्यक्रममा नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीमा एक भएका वा समाहित भएका तत्कालीन दलहरू नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाल, राजेन्द्र श्रेष्ठ नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी) ।
यसबाहेक नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र, देशभक्त समाजवादी मोर्चा, नेकपा बहुमत पार्टीको विद्रोही समूह, नेकपा (माओवादी)को विद्रोही समूह, जनजागरण पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समूह, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, शिवलाल थापा मगर नेतृत्वमा जसपाका केही नेताहरू, विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्य तथा रोल्पा इन्चार्ज, एमाले अछाम इन्चार्ज भैरव सिंहलगायत १९ दल नेकपामा समाहित भएका छन् ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईँसँग उनीहरूले शपथ लिएका हुन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । । काठमाडौंमा उपस्थित नभएकाहरूलाई भने भर्चुअल माध्यमबाट शपथ गराइएको थियो ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । अहिले उक्त पार्टीमा विभिन्न १९ वढी पार्टी र समूह समाहित भै सकेका छन् ।














Comments are closed