Shopping cart

  • Home
  • समाज
  • पीए नियुक्तिअघि रास्वपा सांसदलाई ७ बुँदे निर्देशन
मुख्य समाचार

पीए नियुक्तिअघि रास्वपा सांसदलाई ७ बुँदे निर्देशन

Email :49

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदका स्वकीय सचिव नियुक्तिलाई पारदर्शी, मितव्ययी र उत्तरदायी बनाउन विस्तृत आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्दै खुला प्रतिस्पर्धाबाट मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था गरेको हो।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशिकामा सांसदहरूले नियुक्त गर्ने स्वकीय सचिव योग्य, सक्षम र नैतिक आचरण भएका व्यक्तिमध्येबाट छनोट गर्नुपर्ने उल्लेख छ। पार्टीका अनुसार संघीय संसदका सदस्यलाई उपलब्ध गराइने राज्यको सुविधा जनउत्तरदायी ढंगले प्रयोग गर्ने उद्देश्यले यस्तो मापदण्ड लागू गरिएको हो।

Comments are closed

Related Post